Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

विजयादशमीमा पूर्वराजाले सर्वसाधारणलाई टिका लगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् । शाहको संवाद सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै सो कुरा जनएको हो ।

पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टिका लगाइदिने भएका छन् । यस वर्षको विजयादशमी आगामी कार्तिक ७ गते परेको छ ।

पूर्व राजदम्पतीले हरेक वर्ष सर्वसाधारणलाई टिका लगाइदिने गरेका छन् ।