स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको हो ।
गत शनिबार पनि छापावाल सुन सोही मूल्यमा नै कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।