Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीबाट एमाले अध्यक्ष ओलीसँग भेट

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

एमालेको समर्थनमा कोसी प्रदेशको मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट आज बिहान कार्की ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए। हिजो काठमाडौँ आएका कार्कीले हिजै कांग्रेस नेता शेखर कोइरालालाई भेटेका थिए । 

नेकपा एमालेका ३९ र कांग्रेसको शेखर कोइराला समूहका ८ प्रदेश सांसदको समर्थनमा कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए । उनले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् ।