Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रविको व्यङ्ग्यः म र स्वर्णिमलाई हराउन बन्न लागेको महागठबन्धनले कोशीमा सार्थकता पाएछ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी प्रदेशमा जस्तै अब केन्द्रमा पनि पुराना सबै दलहरूबीच सहकार्य आवश्यक रहेको व्यंग्य गरेका छन् । सत्ता गठबन्धनप्रति असन्तुष्टि जनाउँदै उनले केन्द्रमा पनि कोशी प्रदेशमा नयाँ सरकार गठनमा आज भएको सहमति जस्तै केन्द्रमा पनि सहकार्य गर्न दलहरूलाई व्यंग्य गरेका छन् ।

‘गत उप–निर्वाचनमा मलाई र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठबन्धनले आज कोशीमा सार्थकता पाएछ । राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आगामी निर्वाचनसम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठबन्धन गरी सकेसम्म चुनाव चिह्न समेत एउटै हुनेगरी महासहमति पनि गर्नुहोला । ढिला नगरी महागठबन्धनबादी मोर्चाको घोषणासभा बारेपनि सुन्न पाइयोस् ।’

उनले पुराना दलहरूमा केही भिन्नता नरहेको पनि बताएका छन् । ‘उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि सटर किन बेग्ला बेग्लै रु’ रविले प्रश्न गरेका छन् ।