Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एनआरएनए महिला उपाध्यक्षमा यासमिन र रोजिनाबीच प्रतिस्पर्धा, चर्चामा रोजिना

गैरआवासिय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा यासमिन बेगम र रोजिना प्रधान राईबीच प्रतिस्पर्धा हुने भएको छ। महिला सचिवमा तयारी गरिरहेकी राईले निर्णय बदल्दै उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेकी हुन्।

''यसअघि महिला सचिवमा उम्मेद्वारी दिने पूर्वघोषणा परिवर्तन गरी अब म महिला उपाध्यक्षमा उम्मेद्वारी दिने निष्कर्षमा पुगेकी छु। एनआरएनए संस्थामा आबद्ध हुनु भनेको समाज र देशका लागि नै हो।'' उनले भनिन्, ''विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि 'मेरो गोरुको १२ टक्का' भन्नुभन्दा पनि अग्रज अभियान्ताहरुको सल्लाह सुझावलाई आत्मसात गरेर लचकता अपनाउँनु पर्छ भन्ने मान्यता अनुसार म उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेकी हुँ।''

उनी उपाध्यक्षमा चुनाव लड्ने भएपछि टीका गुरुङलाई सहज हुने भएता पनि तीन वटै प्यानलमा परेर निर्विरोध हुने कसरत गरिरहेकी बेगमलाई भने धक्का लागेको छ।