Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बढ्यो सुनको मूल्य ,तोलाको कति?

नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा ३०० रुपैयाँले बढेको जनाएको छ । 

आज छापावाल सुन प्रतितोलाको एक लाख आठ हजार ९०० र तेजाबी सुन एक लाख आठ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।