Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

बढ्यो सुनको मूल्य, तोलाको कति?

स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलाको एक लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन तोलाको एक लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।