Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

 प्रिओपन सेसनमा नेप्से सूचक ०.३९ अंकले घटेको छ । योसँगै सूचक १९६७.५७ अंकमा झर्‍यो । 

सेसन अवधिमा १६ कम्पनीका ३ सय ७५ कित्ता सेयर किनबेच भयो । जसबाट १ लाख १९ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।

यो सेसनमा कुल १९ पटक सेयर कारोबार हुँदा ३ कम्पनीको भाउ बढ्यो भने ९ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएन ।