Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख ६ हजार ६०० र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघले आज चाँदीको मूल्य १३ सय १० रुपैयाँ कायम रहेको बताएको छ । मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।