Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज यस्तो छ तरकारी तथा फलफूलको मूल्यसूची

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ५८ रुपैयाँ, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानीय १००, आलु रातो ५४, मुडे आलु रातो ४५, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ३०, घिरौँला ६० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ । 

त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३२० रुपैयाँ, बन्दा लोकल ६०, गाजर १२०, मूला सेतो ५०, भान्टा डल्लो ५०, भान्टा लाम्चो ३०, मकै बोडी ९०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २५०, कागती २००, भिण्डी ५०, निगुरो ८०, रातो बन्दा ३५०, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।समितिका अनुसार केरा दर्जनको १५०, अनार ३८०, नासपाती ९०, एभोकाडो २५०, कालो अंगुर ४००, किवी २५०, सरिफा २००, फुजी स्याउ ३२०, अम्बा ८०, मौसम १४०, जुनार ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ५० रुपैयाँ, हरियो धनियाँ ३००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परबर ४०, गुन्द्रुक प्रतिकेजी २५०, मटरकोसा ३००, भारतीय प्याज सुकेको ७३, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी १००, पुदिना ५००, अमला ६०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ४०, बरेला १२०, कन्य च्याउ ११०, तने बोडी प्रतिकेजी ८० रुपैयाँमा कारोबार भइरहेको छ ।