Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एमाले कोसी अधिवेशन: मतगणना सुरु

नेकपा (एमाले) कोसी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।‌ मनास्लु पार्टी प्यालेसमा गएराति अबेरसम्म मतदान भएको थियो ।
निर्वाचन अधिकृत चुडामणि आचार्यले‌ मतगणना सुरु भएको जानकारी दिए ।

 आइतबार रातभरि भएको मतदानमा ९७७ मत खसेको थियो । २० जनाले मतदान गरेनन् । मतगणना गर्न सात स्थानमा व्यवस्था मिलाइएको आचार्यले बताए । अध्यक्षका उमेदवारले १०÷१० जना प्रतिनिधि राख्न मिल्ने व्यवस्था मिलाइएको छ । पदाधिकारीका उमेदवारले मतगणना हेर्न सक्नेछन् । शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गरेका थिए । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।

प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङसहित ७३ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।