Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सेयर बजारमा सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी: अर्थमन्त्री डा.महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताएका छन् । 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार काठमाडौंमा आयोजना गरेको वल्र्ड इन्भेस्टर विक–२०२३ मा बोल्दै अर्थमन्त्री महतले सेयर बजारलाई स्वस्थकर बनाउँदै आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताएका हुन् । इनसाइडर ट्रेनिङ र सूचना लिक हुने प्रवृत्तिलाई धितोपत्र बोर्डले नियमनको दायराभित्र ल्याउनुपर्ने उनले बताए । उनले लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्ने र  सुरक्षाका ज्ञान र जागरुकता पैदा गर्न जरुरी रहेको धारणा राखे ।

महतले विविध कारणले सेयर बजार अहिले तल झरेको र माइक्रो म्यानेजमेन्टमा समस्या भएकाले समाधान हुने विश्वास व्यक्त गरे ।  उनले सेयर बजार सुधारका लागि केही निर्णय चाडै आउने जिकिर गरे ।