Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

धितोपत्र बोर्डद्वारा  ‘च्याटबट’ सञ्चालनमा

नेपाल धितोपत्र बोर्डले ‘च्याटबट’ सेवाको सुरुआत गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सो सेवाको शुभारम्भ गरेका हुन् ।

अहिलेलाई अंग्रेजीबाट मात्र प्रश्न सोध्न सकिनेछ । क्रमशः नेपाली भाषामा पनि प्रश्न सोध्न सकिने प्रणालीको विकास गरिने बोर्डले जनाएको छ ।

आँखा देख्न समस्या भएका मानिसलाई समेत च्याटबटबाट ठूलो सहयोग पुग्ने बोर्डको विश्वास छ । आउँदा दिनमा यसमा परिमार्जन गरिने बोर्डले जनाएको छ ।