Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पोखरा उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सको सञ्चार उपकरणमा समस्या भएपछि...

काठमाडौंबाट आज (सोमबार) पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान काठमाडौं नै फर्किएका छन् ।

त्रिभुवन विमानस्थलबाट उडेका दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी काठमाडौंँ फर्किएका हुन् । त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले पोखराको विमानस्थलको टावरमा पाइलटको सम्पर्क हुन नसकेपछि यति र श्री एयरका जहाज काठमाडौँ फिर्ता आएको जानकारी दिए ।

‘टावरको सञ्चार सेवामा समस्या आउँदा दुई विमान काठमाडौं फिर्ता भएका छन्,’ झाले भने ।