Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

केएमसी अस्पतालका डाक्टर कुटेको आरोपमा दुई जना पक्राउ,  डाक्टरहरु आन्दोलित

काठमाडौँ मेडिकल कलेज केएमसी अस्पतालमा डाक्टर कुटेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्‍कामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २२ वर्षीय रूपक गौतम र ३४ वर्षीय सरोज गौतम रहेको प्रहरीले जनाएको छ ।

कुटपिट गरेको विरोधमा अस्पतालका डाक्टरहरु आन्दोलनमा उत्रेका छन् । उनीहरुले अस्पतालअगाडि प्रदर्शन गरिरहेका छन् ।