Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पेट्रोलियम पदार्थमा पुरानै मूल्य कायम

सरकारले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिने निर्णय गरेको छ । आइतबार बसेकोे मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि आयल निगमले शनिबार पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

निगमले शनिबार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो ।