Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

विश्व कीर्तिमान बनाउने नेपाली क्रिकेट टोलीलाई पूर्वराजा ज्ञानेन्द्रले दिए बधाई

नेपालले टी–२० आई क्रिकेटमा विश्व कीर्तिमान बनाएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले बधाई दिएका छन् । उनको संवाद सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै नेपाली टिमलाई बधाई दिएको छ ।

गत बुधबार एसियाली खेलकुदअनर्गत भएको खेलमा नेपालले पाँचवटा विश्व कीर्तिमान कायम गरेको थियो । उच्च टिम स्कोर ३१४, सबैभन्दा छिटो शतक (कुशल मल्ल ३४ बलमा), सबैभन्दा छिटो अर्धशतक (दीपेन्द्रसिंह ऐरी ९ बलमा), सबैभन्दा ठूलो जित (२७३) र एक इनिङमा सबैभन्दा धेरै छक्का (२६) को विश्व कीर्तिमान बनाएको थियो ।

प्रतिकूल अवस्था हुँदा पनि नेपाली क्रिकेटरले विश्व कीर्तिमान राखेको भन्दै पूर्वराजाले खेलाडीको प्रशंसा गरेका छन् ।

092157704384374853_3237202883248792_9028806134584531828_n.webp