Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

अभिनेता अनमोल केसी पक्राउ, कारण के?

अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनी अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले केसीलाई शुक्रबार साँगाबाट पक्राउ गरेको हो ।  रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माताले आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ । 

पैसा लिएर पनि फिल्म खेल्न पटक पटक बोलाउँदा नआएकाले उजुरी दिनुपरेको भन्दै पीडित पक्ष आएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ । 

केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् । यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको बताइएको छ ।