Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

दोलखामा थप ३ किलो सुन बरामद

दोलखामा थप ३ किलो सुन बरामद गरेको छ ।

जिल्लाको विगु गाउँपालिका ३ जामुनेबाट ३ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ । चीनबाट अवैध रुपमा तस्करी गरी लुकाएर राखेको अवस्थामा केशर तामाङको कोठाबाट उक्त परिमाणको सुन बरामद गरिएको हो ।

सुन तस्करीको अनुसन्धानका क्रममा तामाङ गत बुधबार पक्राउ परेका थिए ।