Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

विशेष अदालतद्वारा काठमाडौँका तत्कालिन वडा सदस्य महर्जन भ्रष्टाचार अभियोगमा दोषी ठहर

 विशेष अदालतले काठमाडौँ महानगरपालिकाका तत्कालिन वडा सदस्य बसन्त महर्जनलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ । 

न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले २ लाख रुपैयाँ घुससहित पक्राउ परेका महर्जनलाई दोषी ठहर गरेको हो ।
काठमाडौँ महानगरपालिका–१४ का तत्कालिन वडा सदस्य महर्जन २ वर्षअघि पक्राउ परेका थिए । 

जग्गाको मोहियानी हक नामसारी, नाता प्रमाणीकरण र मालपोत कार्यालयका लागि सिफारिस गर्न सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा उनी २ वर्षअघि पक्राउ परेका थिए ।