राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले सडक व्यापारीको पक्षमा आन्दोलनमा रहेका अभियन्ता ईः को आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।मंगलबार दिउँसो राष्ट्रिय सभागृह अघि पुगेर थापाले आफूलाई अभियन्ता ईः ले उठाएका मुद्दा जायज रहेको बताएका हुन् ।
अभियन्ता ईः ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र उपमेयर सुनिता डंगोलको कदमविरुद्ध उभिएर विरोध गरिरहेका छन् । गत मंगलबार दिउँसोबाट उनले राष्ट्रिय सभागृह अघि उभिएर सडक व्यापारीहरुको मागमा ऐक्यवद्धता जनाइरहेका छन्
अभियन्ता ईः सँगको भेटपछि थापाले आफूलाई बालेन र अभियन्ता ईः दुवै मनपर्ने भएपनि सडक र फुटपाथ व्यवसायीहरुको व्यवस्थापन हुनुपर्ने बताए । सडक र फुटपाथ रोकेर व्यवसाय गर्न नहुने भए पनि उनीहरुको व्यवस्थापनमा राज्य लाग्नुपर्ने उनले बताए ।
‘मलाई बालेन मनपर्छ । मलाई ई मनपर्छ । ईः ले उठाएका मुद्दा जायज छन्। सडक,फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ।यो राज्यको कर्तव्य हो।यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ ।’ उनले भनेका छन् ।
चुनाव अघि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै चुनाव जिते पनि चुनावपछि भने गरिबहरुले सडकमा गरिरहेको व्यापारलाई विस्तापित बनाउन खोजेको भन्दै फरक शैलीको अभियान शुरु गरेका हुन् । उनको आन्दोलनलाई अन्य अभियन्ताहरुले समेत साथ दिन थालेका छन् । भने बालेनको कदमबाट पीडित सडक व्यापारीहरु समेत उनको अभियानमा साथ दिन आएका छन् ।
हेर्नुहोस् यो भिडियो पनि: