Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

आनन्द कार्की र मिलन नेवारको ''एकै पल्टमा''को भिडियो सार्वजनिक

गायक आनन्द कार्की र गायिका मिलन नेवारको ''एकै पल्टमा'' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा प्रकाश पुञ्जको शब्द तथा शिखर सन्तोषले संगीत रहेको छ । गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ । प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा मोडलद्वय सुशान्त ढकाल र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको यात्राको क्रममा देखभेट पछि झाँगिदै गएको प्रेमलाई निर्देशक सुव्रत आचार्यले कलात्मक शैलीमा निर्देशन गरेका छन् । भिडियोका मोडल सुशान्तले यो गीतबाट आफूले निकै नै आशा गरेको बताएका छन् । र्‍याम्प हुँदै म्याजिक भिडियोमा व्यस्त बनेका भक्तपुरका सुशान्तका यसअघि छाडी गयौ, एक चोटी त बोलिदेउ, निधारैमा टिकी, लगायतका भिडियो बजारमा आइसकेका छन् । सार्वजनिक गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने कलरिङ र सम्पादन विष्णु खड्काले गरेका हुन् ।   https://www.youtube.com/watch?v=rigwj05lsFg