Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

चार दिनमै शाहरुख खानको ‘जवान’ले कमायो ५३१ करोड

शाहरुख खान स्टारर ‘जवान’ले भारतसहित अन्तर्राष्ट्रिय बजारमा आँधी ल्याएको छ । फिल्मको हिन्दी संस्करणले आइतबार (चौथो दिनसम्म) भारतीय बक्स अफिसमा २५२.०८ करोड भारु कमाएको छ । बिहीबार ६५.५० करोड भारुको ओपनिङ गरेको फिल्मले आइतबार ७१.६३ करोड भारु कमायो । यो कमाइ कुनै हिन्दी फिल्मले एकैदिनमा कमाएको सर्वाधिक रकम हो । सोही अवधिमा तमिल र तेलुगू संस्करणमा फिल्मले ३४ करोड भारु कमाएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् । साथै, ‘जवान’ छोटो समयमै २५० करोड भारु कमाउने पहिलो फिल्म बनेको छ । शाहरुखकै अघिल्लो फिल्म ‘पठान’ले २५० करोड भारु कमाउन पाँच दिन र ‘गदर २’ लाई ६ दिन लागेको थियो । तरण आदर्शका अनुसार सोमबार पनि जवानले भारतीय बक्स अफिसमा राम्रो कमाइ गर्ने संकेत मिलेको छ । चार दिनमै ‘जवान’ले विश्व बजारमा ५३१ करोड भारु कमाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । ‘पठान’पछि शाहरुखको अर्को फिल्मले विश्व बक्स अफिसमा ५०० करोड भारुको सफलता पाएको हो । अमेरिकामा ‘जवान’ले हलिउड फिल्महरु बार्बी र ओपेनहाइमरलाई पनि पछाडि पारेको जनाइएको छ ।