Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सफल प्रयोग हुन नसके संघीयता खारेज हुनसक्छ: झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सफल रुपमा प्रयोग हुन नसके संघीयता खारेज हुन सक्ने अभिव्यक्ति दिएका छन् । जनकपुरधाममा बुधबार सञ्चारकर्मीसँग उनले प्रयोगकै चरणमा रहेको संघीयता सफल रुपमा कार्यान्वयन नभए खारेज हुन सक्ने अभिव्यक्ति दिएका हुन् । आमनेपाली जनताका लागि फलदायी नभए देशकै लागि बोझ हुने संघीयता चाहेर वा नचाहेर पनि टिक्न नसक्ने भन्दै उनले संघीयताको भविष्यलाई लिएर अहिले कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताए । यद्यपि, देश र जनताका लागि संघीयता कसरी फलदायी हुन सक्छ भन्ने विषयमा ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ । https://youtu.be/m09Nxe6Fp44