Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

उमेश राउतको नयाँ गीत ‘कौसीमा हेरेर’ सार्वजनिक

गायक तथा संगीतकार उमेश राउतको नयाँ गीत ‘कौसीमा हेरेर’ सार्वजनिक भएको छ ।  विभिन्न शैलीमा करिब दर्जनभन्दा बढी गीतमा स्वर र संगीत दिइसकेका राउतको नयाँ गीत उनको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको हो । लोक आधुनिक शैलीमा तयार पारिएको यो गीतले समसामयिक नेपाली समाजको चित्रलाई बोल्ने संगीतकार राउतले बताए । नारायण थापाको शब्द रहेको यो गीतमा संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन् भने लिरिकल भिडियो दिपेश गिरीले तयार पारेका हुन् । हेर्नुहोस् भिडियो : https://youtu.be/0hUPdyL4jew