Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कीर्तिपुर भेट्रान्स फुटसल प्रतियोगिता सुरु

कीर्तिपुर भेट्रान्स फोर्टी प्लस ओपन फुटसल प्रतियोगिता शुक्रबारबाट कीर्तिपुरमा सुरु भएको छ । कीर्तिपुर नगरपालिकाका खेलकुद संयोजक विजय प्रकाश महर्जनले खेलाडीलाई बल दिई प्रतियोगिताको सुरुआत गरेका थिए । कीर्तिपुर भेट्रान्स क्लबको आयोजनामा सुरु भएको दुई दिने प्रतियोगिता कीर्तिपुरस्थित एसएस कृनगर फुटसलमा चलिरहेको छ । शुक्रबार भएको आयोजक कीर्तिपुर भेट्रान्स क्लब र बिजी फुटसलबीचको पहिलो खेलमा कीर्तिपुर भेट्रान्स क्लब विजयी भएको छ । निर्धारित समयमा ४–४ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा आयोजक कीर्तिपुर भेट्रान्सले बिजी फुटसललाई २–१ को अन्तरले पराजित गरेको थियो । प्रतियोगिताका ३० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने कीर्तिपुर भेट्रान्स क्लबका अध्यक्ष रवीन्द्र महर्जनले बताए । आयोजकका अनुसार उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान दुई हजार ५०० रुपैयाँ पुरस्कार पाउनेछन् ।