Jul 09 2026

Jul 09 2026 | बिहिवार, आषाढ २५ गते २०८३

टेक अधिकारी र सिर्जना खत्री 'हाउडेमाया' को ‘छड्के तिलहरि ‘सार्वजनिक [भिडियो ]

गायक टेक अधिकारी र गायिका सिर्जना खत्री 'हाउडेमाया' को तीज कोसेली ‘छड्के तिलहरि ‘सार्बजनिक भएको छ ।रेशम प्रधानको लय तथा शब्द रचना रहेको गीतमा महेश बिक्रम पाण्डेको एरेन्ज रहेको छ । कमेडियन यादव देवकोटा (सरापे ) र आयुष्मा कार्किको रोमान्चक अभिनय संगै उत्कृस्ट प्रस्तुति देख्न सकिन्छ गीतको भिडियोलाई निर्देशन तथा सम्पादन युबराज खत्रीले गरेका छन नारीहरुको कथालाई नै लक्षित गरिएको गीतमा कोरोना महामारीका बेला फजुल खर्च नगरी तीजलाई खर्चिलो बनाउन हुँदैन भन्ने सन्देश समेटीएको छ । हैसियत भन्दा ठूलो चाहना राख्न नहुने र घाँटी हेरेर हाड निल्नुपर्ने जस्ता भाव यस गीतले बोलेको छ ।गायक टेक अधिकारीको यसअघि ‘ओई सानी’ बोलको गीतले सांगितीक बजारमा राम्रो चर्चा बटुलेको थियो । https://www.youtube.com/watch?v=xBRv9sJawEQ&feature=youtu.be&fbclid=IwAR3-9Biqjiqphh2zDQ0sIzHna5OZUBOMmz8dI_TZFFz1J6gpOEMc30qTvLw