एकोहोरो
एकनास
उ एक चित्र बनाइरहेको छ
दिमागमा!
उ भनिरहेछ एकोहोरो
उ देखिरहेको छ एकोहोरो
त्यहि दिमागले आफुले आफैलाइ, म त सहि छु।
उ गलत छ।
अरु गलत छ्न।
आफ्नो कमजोरी थाहा पाउन उस्को दिमाग्ले छोडिसक्यो।
मन त! उस्को आफ्नै एकोहोरो दिमाग्ले मोडिसक्यो।
कतै आफ्ना कमजोरी देखिए, त्येही दिमागले रटेका खेस्रा आदर्शले - खुरिखन्ड डाँडाँहरुलाइ हिउँले ढाकेझै ढाकिहाल्छ।
उ आफै दङ हुन्छ।
उ सधै सोचमा हुन्छ।
भनौं उ सधै अप्सोचमा हुन्छ।
उज्यालोसँग डराएर
आडम्बरको अन्धकारमा रमाएर
घामको ताप सग थरथराहट हुँदै
चिसा कुन्ठा पग्लने डरले
सत्य सग जुद्न पर्दा कामिरहेको हुन्छ।
उस्का सोचहरु
नदिले बनाएका गहिरा खोच जस्ता छ्न कहिले।
त्येहि खोच दायाँ बायाँ ठडियका अग्ला पहाड जस्ता छ्न कहिले।
उस्का कमजोर सोचहरु उचो ठाउँ अडिन नसकेर बेला बखत पैरो झै नदिमा पैरिरहन्छ्न।
उ आफ्नै गलत सोचले गतल देखिरहेको छ।
एकोहोरो झरिरहेको छ पैरो झै,
कैले खोलामा कैले बाटोमा।
तै पनी रोक्ने प्रयास गरिरहन्छ खोलालाइ माटोले।
यति पनि बुझ्दैन खोलाले कहिलै भन्दैन, बाटोले?
उ आफुले आफैलाई त भेट्टाउन सकेको छैन।
अनि अरुले उछिनेको एकोहोरो देखिरहन्छ।
पुरै भ्रममा परेको छ।
वसन्त ऋतुमा पनि हँसिलो हुन नसकेको उसलाई के थाहा?
सृष्टि कति सुन्दर छ।
के भन्नु अझै पनि उ सुन्दरता आफ्नै आडम्बरी दृष्टिमा देखिरहेको छ।
-सुदर्शन सापकोटा
लम्जुङ