Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

के तपार्इंलार्इ पनि छिट्टै धनी बन्ने इच्छा छ ? यस्तो छ गौतम बुद्धकाे सन्देश

वास्तवमा मानिसले जति धेरै पैसा कमायो उसलाई अझ बढी धनी बन्ने इच्छा जागेर आउँछ । नेपालको सन्दर्भमा मात्र होइन विश्वभर नै धनी र गरीबबीच एउटा अचम्मको दूरी छ । मानिसहरु गरिब भएकै कारण आफूलाई अभागी र असफल ठान्छन् ।तर, वास्तवमा त्यसो होइन । एक ब्यक्तिले ‘म कसरी गरीब भएँ ?’ भन्ने प्रश्नमा । भगवान गौतम बुद्धले दिएको उत्तरले तपाईंलाई लाग्नेछ कि वास्तवमै हामी कति धनी रहेछौँ । र तपाईंको गरीबी एकै छिनमा हटेर जानेछ । प्राचिन कालका पुस्तकलाई आधार मान्ने हो भने गौतम बुद्ध नेपालको तिलौराकोटमा बुद्धत्व प्राप्त नभएपछि भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्न गए । त्यहाँ उनले बुद्धत्व प्राप्त गरेपछि आफूले पाएको ज्ञान सबैलाई बाँड्न थाले । सोही क्रममा एक गरीबले बुद्धसँग आफू किन गरीब भएको भन्दै प्रश्न गरे ।त्यसक्रममा बुद्धले भने, ‘तिमीले कहिले कसैलाई केही दिएका छेनौँ, त्यसैले तिमी गरीब भएका हौँ ।’ प्रश्न सोध्ने गरिब किसान अचम्ममा पर्यो र आफूसँग अरुलाई दिने केही नभएको बरु सााझ बिहानको छाक टार्न गाह्रो भएको कुरा बुद्धलाई सुनायो । त्यत्तिकैमा बुद्धले मुस्कुराउँदै जवाफ दिए, ‘तिमीले आफ्नो अनुहारबाट कसैलाई पनि मिठो मुस्कान दिन सक्छौँ । तिमीसँग दुई हात छ आवश्यक पर्दा सघाउन सक्छौ । तिमीसँग मुख छ मिठो बोल्न र कसैको प्रशंसा गर्न सक्छौँ । अनि तिमी कसरी गरीब भयौँ । गरीबी तिम्रो मनमा छ । जब मनबाट यो भ्रम हटाउनेछौँ तब तिम्रो गरीबी पनि आफै हटेर जानेछ ।’