Jul 01 2026

Jul 01 2026 | बुधवार, आषाढ १७ गते २०८३

पहिरो हटेपछि मुग्लिन–नारायणगढ सडक खुल्यो

मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

पहिरो खसेपछि केही समय दुवैतर्फको सवारी आवागमन रोकिएको थियो । सडकमा तैनाथ मेसिन प्रयोग गरी पहिरो हटाएपछि यातायात सञ्चालनमा ल्याइएको हो ।

सडक खुलिसकेकाले सवारी चालकलाई आफ्नो लेनको पूर्ण पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न सम्बन्धित सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।

यसअघि बिहान करिब १०:४० बजे तुइन खोलामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । लगत्तै तैनाथ मेसिनमार्फत पहिरो हटाउने काम सुरु गरिएको थियो ।