Jun 24 2026

Jun 24 2026 | बुधवार, आषाढ १० गते २०८३

रास्वपालाई केही भयो भने देशलाई असर पर्छ : सुलभ खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले खुला तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खरेलले पार्टीभित्र आफ्नो पक्षमा सकारात्मक माहोल रहेको दाबी गरे । उनले सबैले आफूलाई मतदान गर्ने बताएको उल्लेख गर्दै पार्टीभित्रको वातावरण राम्रो रहेको बताए ।

‘सबैले भोट दिन्छु भनेका छन् । पार्टीभित्र माहोल राम्रै देखिरहेको छु ।’ 

photo-6_10d9c2c5.jpg

खरेलले संसदीय व्यवस्थामा सरकार र राजनीतिक दलबीचको समन्वय अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे । उनले सरकार सञ्चालनको दिशा दलले तय गर्ने एजेन्डामा निर्भर रहने भन्दै रास्वपा अहिले एक विशाल राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेकाले पार्टीलाई अझ व्यवस्थित र सुदृढ बनाउन आवश्यक रहेको बताए । साथै, महाधिवेशनमार्फत योग्य र उत्कृष्ट नेतृत्व चयन हुने विश्वास व्यक्त गरे ।

photo-2_d6da458e.jpg

उनले भने, ‘पछिल्लो चरणमा संसदीय व्यवस्थामा हामीले हेर्यौं भने सरकार र दलबीचको समन्वय एकदमै अन्योन्याश्रित हुन्छ । सरकारलाई कसरी सञ्चालन गर्ने भन्ने कुरा दलले लिने एजेन्डामा निर्भर गर्छ। राष्ट्रिय स्वतन्त्र पार्टी आफैंमा एउटा वृहत् र विशाल पार्टी भइसकेपश्चात् यसलाई अलिकति परिपक्व पनि बनाउनुपर्ने छ। उत्कृष्ट अनुहारहरू सबैले छनोट गर्ने भन्ने कुरा हो ।’

उनले पार्टी सभापति रवि लामिछाने ले देशको समृद्धिसँग पार्टीको भूमिका जोडेर चर्चा गर्ने गरेको स्मरण गर्दै रास्वपाको भविष्य देशको भविष्यसँग पनि सम्बन्धित रहेको धारणा राखे । पार्टीलाई कुनै प्रकारको क्षति पुगे त्यसको असर देशमै पर्न सक्ने उल्लेख गर्दै उनले महाधिवेशनलाई गम्भीर अवसरका रूपमा लिएको बताए ।

photo-4_a7ed426e.jpg

उनले भने, ‘देशकै समृद्धिसम्म जोड्ने कुरा हाम्रै पार्टी सभापति रवि लामिछानेज्यूले पनि भन्नुहुन्छ । यदि कदमकदाचित हाम्रो पार्टीलाई केही भयो भने त्यसको असर पार्टीलाई मात्र होइन, देशमै पर्छ । त्यसरी नै मैले यो महाधिवेशनलाई यही रूपमा लिएको छु ।’

उनले महाधिवेशनमार्फत योग्य नेतृत्व चयन भई पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गरे ।