Jun 24 2026

Jun 24 2026 | बुधवार, आषाढ १० गते २०८३

प्रतिनिधि सभा बैठकमा रास्वपा महाधिवेशनको ‘साइड इफेक्ट’- एक दिन पछि सारियो

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनमा जारी महाधिवेशनका कारण प्रतिनिधि सभा बैठकको समय परिवर्तन गरिएको छ । असार ११ गते बिहान ११  बजे बस्ने गरी तय भएको बैठक असार १२ गते शुक्रबारसम्म सारिएको हो। 

सङ्घीय संसद् सचिवालयले बुधबार सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो । सूचनामा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले असार १२ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ । 

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले हस्ताक्षर गरेर सूचना जारी गरेका हुन् ।