Jun 24 2026

Jun 24 2026 | बुधवार, आषाढ १० गते २०८३

क्षतिग्रस्त बौद्ध भाटभटेनी आजदेखि सञ्चालनमा (तस्बिरहरु)

काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा आएको छ । 

२०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको उक्त स्टोर मर्मत तथा पुनर्निर्माणपछि बुधबारदेखि पुनः ग्राहकका लागि खुला गरिएको हो । 

photo-13_c5f03658.jpg

आगलागीका कारण ठूलो क्षति व्यहोरेको स्टोरलाई पुनर्निर्माण गरी आजबाट नियमित सेवा सञ्चालनमा ल्याइएको भाटभटेनी छ ।

स्टोर पुनः सञ्चालनमा आएसँगै स्थानीय उपभोक्ताले सहज रूपमा सेवा लिन सक्ने भएका छन् ।

photo-12_ffff253d.jpg
photo-14_13eee152.jpg
photo-11_2572721d.jpg
photo-7_d74ec05d.jpg