Jun 24 2026

Jun 24 2026 | बुधवार, आषाढ १० गते २०८३

किसानलाई हैरानी पारेका बाँदरको लागी छुट्ट्याइयो बजेट

किसानले लगाएको वाली भित्राउने वेला बाँदरले खाएर हैरानी पारे पछि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट छुटाइएको छ ।  

१५ औँ नगर सभाबाट हरेक वडा तथा टोलमा बाली हेरालु राख्नको लागी बजेट विनियोजन गरेको जानकारी दिए । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि ४५ लाख छुट्टाइएको छ । 

 नगर उपप्रमुख राईले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँ बजेट विनियोजन गरेको नगर उपप्रमुख बिसन राईले जानकारी गराए । 

किसानले लगाएको अन्न बाली सुरक्षित तरीकाले भित्राउन पाउन भन्ने उद्देश्यले यो प्रक्रिया थालेको उनले जानकारी दिए । 

उनले भने , किसानको मिहिनेत बाँदरले एकै चोटि सकाउन लागेपछि यो प्रक्रिया अपनाएको हो । अव कुनै पनि किसानलाई अफ्ठेरो नपरोस, आफूले पसिना बगाएको बाली सुरक्षित तरीकाले भित्राउन पाउन भन्ने उद्देश्यले नै बजेट विनियोजन गरेको हो । 

बाँदरको समस्यालाई निराकरण गर्नका लागि ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रम पारित गरिएका पनि राईले जानकारी दिए ।