Jun 24 2026

Jun 24 2026 | बुधवार, आषाढ १० गते २०८३

एनआईसी एशिया बैंकले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

एनआईसी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त स्विकृतिअनुसार बैंकले हाल कायम चुक्ता पूँजी रु. १४,९१,७५,६६,९२२/– (अक्षरेपी चौध अर्ब एकानब्बे करोड पचहत्तर लाख  छैसट्ठी हजार नौ सय बाईस रुपैयाँ मात्र) बराबरको प्रति शेयर रु. १००/– अंकित दरका १४,९१,७५,६६९.२२ (अक्षरेपी चौध करोड एकानब्बे लाख पचहत्तर हजार छ सय उनान्साठ्ठी दशमलव बााईस) कित्ता साधारण शेयरको दुई शेयर बराबर एक (२:१) शेयर (अर्थात् विद्यमान २ (दुई) कित्ता साधारण शेयर बराबर नयाँ १ (एक) कित्ता साधारण शेयर) को अनुपातमा साविकका शेयरधनीहरुको लागि रु. ७,४५,८७,८३,५००/– (अक्षरेपी सात अर्ब पैंतालीस करोड सतासी लाख त्रीयासी हजार पाँच सय रुपैयाँ) बराबरको प्रति कित्ता रु. १००/- (अक्षरेपी एक सय रुपैयाँ मात्र) को ७,४५,८७,८३५ (सात करोड पैंतालीस लाख सतासी हजार आठ सय पैतीस) कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने भएको हो । 

उक्त हकप्रद शेयर निष्काशनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्काशन कार्य अगाडि बढाइनेछ ।
 बैंकका अनुसार हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा बैंकको दीर्घकालीन व्यवसायिक विस्तार एंव रणनीतिक योजनाहरु कार्यान्वयन गर्न उपयोग गर्ने योजना रहेको छ । 

उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।