Jun 24 2026

Jun 24 2026 | बुधवार, आषाढ १० गते २०८३

रास्वपा महाधिवेशन– ८० वटा विद्युतीय मेसिन प्रयोग गरी मतदान गरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा विद्युतीय मेसिनमा मतदान हुने भएको छ। 

आइतबारदेखि सुरू भएको महाधिवेशन एक दिन लम्बिँदा बुधबार मात्रै मतदान हुने भएको हो। पहिलो चरणको मतदान सभापति र केन्द्रीय सदस्यका लागि हुने तय थियो भने रवि लामिछाने सभापतिमा निर्विरोध चयन भइसकेका छन्। 

अब ९९ केन्द्रीय सदस्यका लागि विद्युतीय मेसिनमा भोटिङ हुनेछ भने मतदानका लागि रामलक्ष्मण इनोभेसनको विद्युतीय मेसिन प्रयोग हुनेछ। 

इनोभेसनका सञ्चालक लक्ष्मण रिमालका अनुसार मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग हुनेछन् ।