चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन केवल राजनीतिक प्रतिस्पर्धाको थलो मात्र बनेको छैन, यसले पार्टीभित्रको उत्साह, आत्मीयता र सौहार्दपूर्ण वातावरणलाई पनि उजागर गरेको छ ।
नेतृत्व चयनको सरगर्मीबीच प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूबीच देखिएको हाँसो, भेटघाट र संवादका क्षणहरूले महाधिवेशनलाई थप जीवन्त बनाएका छन् ।