Jun 23 2026

Jun 23 2026 | मंगलवार, आषाढ ९ गते २०८३

विष्णु पौडेललाई २० दिन थुनामा राख्न माग

पुर्वअर्थमन्त्रि विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। मंगलबार विभागले पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतसमक्ष माग गरेको छ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो ।

पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो ।