राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहेको बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री समेत रहेका डा. वाग्लेले रास्वपाले पुरानालाई हराउने मात्र नभएर देशलाई जिताउन आएको बताउदै नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहेको बताएका हुन् ।
उनले रास्वपाले समन्यायिक समाज बनाउने बताउदै बालकको प्रतिभाले उसको भविष्य निर्धारण गरोस भन्ने चाहेको बताए ।
डा. वाग्लेले इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिन्छ भन्दै आफुहरुले त्यस्तै अत्यन्त दुर्लभ अवसर पाएको बताए । उनले अब विद्रोहलाई रुपान्तरणमा बदल्नुपर्नेमा जोड दिएका छन् ।