Jun 21 2026

Jun 21 2026 | आइतवार, आषाढ ७ गते २०८३

रवि–बालेन एकजुट रहे रास्वपाको भविष्य बलियो हुन्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको अगुवा शक्ति रास्वपा भएको बताएका छन्।

चितवनको भरतपुरमा भएको रास्वपा प्रथम महाधिवेशनमा सम्बोधन गर्दै भट्टराईले उनले यस्तो बताएका हुन् । 

वैकल्पिक नयाँ राजनीतिको अगुवा शक्ति रास्वपा हो, म बधाई दिन्छु। सुशासन र समृद्धिको फल सबै नेपालीलाई प्राप्त होस्’ ,उनले भने ।

‘जनताको मन जितेर रास्वपाले ४ वर्षमा उपलब्धि हासिल गरेको छ,’ उनले भने।

‘रवि ठूलो कि बालेन भनेर खेल्न सक्ने हुन सक्छ, तपाईंहरूको एकतामा नै रास्वपाको ५ वर्षको भविष्य सुनिश्चित छ,’ उनले भने।