Jun 21 2026

Jun 21 2026 | आइतवार, आषाढ ७ गते २०८३

प्रधानमन्त्रीलाई सिके राउतको सुझाव- जनतालाई हृदयमा राखेर काम गर्नुहोस्

जनमत पार्टीका अध्यक्ष सिके राउतले रास्वपाको महाधिवेशन क्रान्तिको महोत्सव भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै राउतले रास्वपाको महाधिवेशन क्रान्तिको महोत्सव भएको बताएका हुन् ।  

देश बदल्ने चाहना भएका पुर्वदेखि पश्चिमसम्मका रास्वपा नेता कार्यकर्ता कार्यक्रममा उपस्थित भएको भन्दै यो क्रान्तिको महोत्सव भएको बताए ।

आफु देश बनाउने उर्जा कसरी मिलाउन सकिन्छ भनेर रास्वपाको महाधिवेशनमा आएको बताउदै रास्वपाले जनताबाट देश बनाउने अवसर पाएको टिप्पणी गरे । उनले जेनजी आन्दोलनमा लागेका युवाहरुको आँखाको भाव नबिर्सेर देशको पक्षमा काम गर्न आग्रह गरेका छन् ।

राउतले प्रधानमन्त्री बालेनलाई सुझाव दिदै जनताको अगाध माया पाएको बताउदै जनतालाई हृदयमा राखेर काम गर्न आग्रह गरेका छन् ।