Jun 21 2026

Jun 21 2026 | आइतवार, आषाढ ७ गते २०८३

रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन नेपाली काँग्रेसका सभापति गगन थापा कार्यक्रम स्थलमा पुगेका छन् । भरतपुरको गेष्ट हाउस चौरमा महाधिवेशनको उद्घाटन समारोह केहि बेरमा शुरु हुदैछ । 

उदघाटन समारोहस्थललाई सभापति रवि लामिछाने र प्रधाननमनत्री तथा बरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्दैछन् । 

रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा काँग्रेसका सभापति थापासहित नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता बर्षामान पुन र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताहरु पुगेका छन् ।

रास्वपाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट ४ हजार २१८ प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । प्रधानमन्त्री तथा पार्टीका बरिष्ठ नेता बालेन शाह महाधिवेशनमा भाग लिन चितवन पुगिसकेका छन् ।