Jun 21 2026

Jun 21 2026 | आइतवार, आषाढ ७ गते २०८३

नेपालमा योगको व्यापक प्रचार छ तर नागरिकले पूर्ण लाभ लिन सकेनन् : मुख्यसचिव अर्याल

नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्यालले योगको महत्वबारे व्यापक प्रचार–प्रसार भएपनि आम मानिसले अझै पूर्ण लाभ लिन नसकेको बताएका छन् ।

yoga-day00_47_59_20still012_03362d7e.jpg
photo-1_a1d4350f.jpg

१२औँ विश्व योग दिवसका अवसरमा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा बोल्दै नेपाल सरकारले राष्ट्रिय स्तरमा ध्यान दिवस, योग दिवस तथा अन्तर्राष्ट्रिय दिवसहरूलाई राष्ट्रव्यापी उत्सवका रूपमा मनाउने परम्परा विकास गरेको बताए ।

photo-16_660d62e1.jpg

उनले भने, ‘वर्तमान समयमा योगको धेरै प्रचार प्रसार हुँदा पनि जनमानिसले यसबाट पुनःलाभ लिन सकिरहेका छैनन् । यसै परिपेक्षमा सरकारले राष्ट्रिय स्थिरमा ध्यान दिवस, योग दिवस साथै अन्तर्राष्ट्रिय दिवस वा राष्ट्रिय उत्सव मनाउने परम्परा स्थापित गरेको छ ।’ 

उनले विद्यालय तथा उच्च शिक्षाका पाठ्यक्रममा योग विज्ञानलाई समावेश गरी योग शिक्षाको विस्तार गरिएको जानकारी दिए ।

photo-15_10db24c2.jpg

‘विद्यालय र उच्च शिक्षाको पाठ्यक्रममा योग विज्ञान समावेश गरिएको छ । यसका साथै प्रशासनिक निकाय, शिक्षालयमा दैनिक योगको अभ्यासको प्रचलनलाई क्रमशः सुरु गरेको छ,’ उनले भने, ‘यस बाहेक राष्ट्रिय स्तरमा योग अभ्यास विकास परिषद् स्थापना गरी सबै प्रकारका यौगिक कायक्रमलाई परीक्षण गर्दै प्रवद्र्धन गर्ने र बिस्तार गर्ने दिर्गकालिन योजना नेपाल सरकारको छ ।’

photo-14_50a81bff.jpg

उनले सरकारी तथा प्रशासनिक निकायहरू र शैक्षिक संस्थाहरूमा दैनिक योग अभ्यासको संस्कृतिलाई क्रमशः प्रोत्साहन गर्ने कार्य पनि अघि बढाइएको बताए । 

photo-12_ebf0eb31.jpg

उनले राष्ट्रिय स्तरमा योग अभ्यास विकास परिषद् स्थापना गरी विभिन्न योगसम्बन्धी कार्यक्रमहरूको अध्ययन, परीक्षण, प्रवद्र्धन तथा विस्तार गर्ने दीर्घकालीन योजना पनि सरकारसँग रहेको बताए ।