Jun 18 2026

Jun 18 2026 | बिहिवार, आषाढ ४ गते २०८३

गण्डकी सरकारले माफी माग्दै सच्यायो बजेट, २ अर्ब होइन ९२ करोड ४९ लाख

गण्डकी प्रदेश सरकारले बजेट वक्तव्यमा उल्लेख भएको उद्योग तथा पर्यटन मन्त्रालयको बजेट रकम सच्याएको छ ।

असार १ गते सार्वजनिक गरिएको बजेटमा २ अर्ब रुपैयाँ उल्लेख गरिए पनि वास्तविक विनियोजन ९२ करोड ४९ लाख रुपैयाँ रहेको भन्दै अर्थमन्त्री जितबहादुर शेरचनले बुधबार प्रदेश सभालाई जानकारी गराएका हुन् ।

बजेट वक्तव्यको बुँदा नम्बर ५६ मा उद्योग तथा पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख थियो । तर, मन्त्रालयगत बजेट र रातो किताबमा रहेको रकमसँग उक्त अंक नमिलेपछि प्रश्न उठेको थियो ।

यसैकारण प्रदेश सभामा अर्थमन्त्री शेरचनले ‘बुँदा नम्बर ५६ मा ९२ करोड ४९ लाख रुपैयाँ हुनुपर्नेमा अन्यथा उल्लेख भएको’ भन्दै मन्त्रालयको तर्फबाट भएको कमजोरीप्रति क्षमायाचना गरे ।