Jun 17 2026

Jun 17 2026 | बुधवार, आषाढ ३ गते २०८३

कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ

यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कालीमाटी र बल्खु क्षेत्रबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयले अपरेसन सञ्चालन गरेर बुधबार बिहान उनीहरूलाई पक्राउ गरेको हो । 

काउन्टर आसपासमा सक्रिय भएर उपत्यका बाहिर यात्रा गर्न खोज्नेहरूलाई उनीहरुले हैरान गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।