काभ्रेको बनेपाबाट महाभारततर्फ जाँदै गरेको यात्रुवाहक बस काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फी डाँडामा बा३ख ८३९८ नम्बरको बस दुर्घटना भएको छ । दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको पनि काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिए ।
दुर्घटना केहीबेरअघि भएको हो । बस सडकबाट तल खसेको बताइएको छ । घटनामा ठूलो सङ्ख्यामा मानवीय हताहति भएको आशंका गरिएको भए पनि यकिन विवरण आउन बाँकी रहेको छ ।
बसमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न बाँकि छ । घटनाबारे थप विवरण आउन बाँकी रहेकाले मृतक तथा घाइतेको सङ्ख्या पुष्टि हुन सकेको छैन ।