Jun 12 2026

Jun 12 2026 | शुक्रवार, जेठ २९ गते २०८३

सरकारलाई ऐन महरको प्रश्न- सुस्तामा एसएसबीले गस्ती गर्‍यो, सरकार के हेरेर बसेको छ ?

नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले सरकारमाथि प्रश्न गरेका छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले आकस्मिक विषय राख्न समय मागेर नवलपरासीको सुस्ता क्षेत्रमा एसएसबी प्रवेश गर्दा पनि सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरेका हुन् । 

“नवलपरासी जिल्लाको सुस्ता क्षेत्रमा भारतीय सुरक्षा बल नेपाल प्रवेश गरी ठूलो समस्या सिर्जना भएको छ । नेपालका भूमिमा छिरेर गस्ती गरेको छ,” उनले भने, “स्थानीय एकजुट भई त्यसको प्रतिकार गरेका छन् ।

“नेपाल सरकार के हेरेर बसेको छ ? यो प्रतिपक्षको मात्रै विषय होइन । सिंगो नेपालको विषय हो,” उनले भने । 

उनले प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा दिएको अभिव्यक्तिका कारण सीमा क्षेत्रमा समस्या भएको बताए । एसएसबीलाई लखेटेको भन्दै उनले टोपी फुकालेर त्यहाँका स्थानीयलाई धन्यवाद समेत दिएका छन् ।