Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हरियारसहित प्रवेश, स्थानीयको प्रतिकार

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रस्थित सीमा नजिक भारतीय सुरक्षाकर्मी हतियारसहित खोला तरेर नेपाली क्षेत्रमा गस्ती गर्न आएपछि स्थानीयले प्रतिकार गरेका छन् ।

स्थानीयका अनुसार सुरक्षाकर्मीहरू नेपाली भूभागतर्फ प्रवेश गरेपछि उनीहरूलाई आउनुको कारण सोध्दै विरोध गरेका थिए । भारतीय सुरक्षाकर्मीलेस्पष्ट जवाफ नदिई अटेरी गरेपछि स्थानीयहरू एकजुट भएर प्रतिकारमा उत्रिएको बताएका छन् । सामाजिक सञ्जालमा सार्बजनिक भिडियोमा पनि स्थानीयले प्रतिकार गरेको देखिएको छ । 

यसअघि पनि भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको भन्दै स्थानीयले गुनासो गरेका थिए ।

यसैबीच यो विषयले प्रतिनिधि सभामा पनि प्रवेश गरेको छ । नेकपा एमालेका सांसद ऐन महरले प्रतिनिधि सभामा यो घटना उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।