Jun 12 2026

Jun 12 2026 | शुक्रवार, जेठ २९ गते २०८३

अर्थमन्त्रीलाई घेर्दै वर्षमानले भने- हिजोकाले गरे, मैले पनि बदमासी गर्न पाउँछु भन्न पाइँदैन

नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक र आर्थिक वर्ष २०८३/८४ को बजेट प्रक्रियामा गम्भीर प्रश्न उठाएका छन्।

आजको प्रतिनिधिसभा बैठकमा उनले बजेट चुहावट नियन्त्रण, विधि र नैतिकताको पालना नभएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भूमिकाबारे छानबिन समिति गठन गर्न माग गरेका छन्।

सांसद पुनले भने, ‘आर्थिक विधेयक र बजेटमा ठिक छ, केही प्राविधिक सानातिना कुरा असंगत रहेछन् भने विगतमा पनि मिलाइएको छ, अहिले पनि मिलाउन सकिन्छ।’

तर बजेट टेबल भइसकेपछि कर्मचारीहरूले पेज घटाउने, करका दरहरू सच्याउने जस्ता काम स्वीकार्य नहुने उनको भनाइ छ।

नयाँ दल रास्वपाका सांसदहरूलाई लक्षित गर्दै पुनले भने, ‘नयाँ साथीहरू नयाँ भावनासहित आउनुभएको छ। तर हिजोकाले गरे, मैले पनि बदमासी गर्न पाउँछु भन्न पाइँदैन।’