नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख डिपी अर्याल सरकारको प्रतिरक्षा र विपक्षीसँग बहसमा उत्रिएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरुनै भएकाले सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित नभएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्- 'सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन। संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् ।